एनसीसी बैंकमा जागिर खुल्यो, स्नातक तह उत्तीर्णले अनलाइन मार्फत आवेदन दिन सकिने

Advertisement

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी बैंक)बैंकमा जागिरको अवसर खुलेको छ । एनसीसी बैंकले सिनियर असिस्टेन्ट ५ जना र असिस्टेन्ट ५ जना गरी १० जनाको लागि जागिरको अवसर खुलेको हो ।

बीबीए/बीबीएस/बीकम वा अर्थशास्त्रमा बीए उत्तीर्ण गरेका ३० वर्ष भन्दा कम उम्मेदवारहरुले सिनियर असिस्टेन्ट र असिस्टेन्ट पदमा आवेदन दिन सक्नेछन् । इच्छुक व्यक्तिहरुले सम्बन्धित पदमा आज आइतबारदेखि १५ दिन भित्र अनलाइन मार्फत आवेदन दिन सक्ने बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

प्रदेश नम्बर २ का शाखा कार्यालयहरुको लागि कर्मचारी माग भएको र स्थानीय व्यक्तिहरुलाई प्राथमिकता दिइने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement