यी हुन धितोपत्र बोर्डको अध्यक्ष बन्ने दौडमा रहेका ८ भाई

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्ने दौडमा यतिबेला ८ जना हस्तीहरु लागिपरेका छन् । तिमध्ये केहि बोर्ड भित्रकै कर्मचारी छन् भने केहि विज्ञ, ब्रोकर र डाक्टर पनि देखिएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले कात्तिक २० गते राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुयाँलको संयोजकत्वमा राजश्व सचिव शिशिर ढुंगाना र आइक्यान अध्यक्ष कृष्ण आचार्य सदस्य रहेको छनौट समिति गठन गरेका थिए ।

सो समितिले आव्हान गरेको मिति भित्र ८ जनाले आवेदन दिएका हुन् । बोर्ड अध्यक्षका लागि नेपाल राष्ट्रका पूर्व कार्यकारी निर्देशक तथा हाल बोर्डका सञ्चालक रहेका भिष्म कुमार ढुंगाना, बोर्डका कार्यकारी निर्देशक निरज गिरी, उप निर्देशक डा. नवराज अधिकारी, नेप्सेका पूर्व जिएम सिताराम थपलिया, ब्रोकर कम्पनीका मालिक नरेन्द्र सिँजापति, बोर्डका पूर्व सञ्चालक निल सारु मगर, डा. केशब प्रसाद श्रेष्ठ र डा. बलराम पाठकले दरखास्त दिएका छन् ।उनीहरुमध्ये ३ जनालाई प्रारम्भिक छनौट गरेर समितिले बुझाउने छ ।

Advertisement

Advertisement

Advertisement