नेशनल इन्स्योरेन्सको ११३औं वार्षिकोत्सव सम्पन्न

Advertisement

काठमाडौं । भारतीय निर्जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्सले आफ्नो ११३औं वार्षिकोत्सव मनाएको छ । साथै, इन्स्योरेन्सको नेपालमा सञ्चालित वैदेशिक शाखा नेशनल इन्स्योरेन्स कम्पनीले पनि बिहीवार कम्पनीको वार्षिकोत्सव मनाएको छ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको कम्पनीको नियन्त्रण कार्यालयले बिहीवार कार्यकारी अधिकृत अरुण कौशल र बीमा समितिका अधिकारीको उपस्थितिमा वार्षिकोत्सव मनाएको हो ।

सोही उपलक्ष्यमा नियन्त्रण कार्यालयलका कार्यकारी अधिकृत अरुण कौशलले उच्च ग्राहक सेवाका लागि प्रतिबद्धता र चासो व्यक्त गरे । त्यसैगरी उनले दाबी सेवाका निमित्त लिइएका कदम जस्तै एसएमएसबाट दावीकर्तालाई सूचना प्रधान गर्ने र दाबीको अनलाइन भुक्तानी सिधै ग्राहकको बैंक खातामा गर्नेबारे जोड दिए ।

त्यसैगरी, नेपालमा सञ्चालित रहेको यस कम्पनीमा गुनासो निवारण प्रवृद्धिको विकास गर्नेबारे उनले जानकारी दिए । कम्पनीले बिमा व्यवसाय सञ्चालन १९७४ को जनवरी महिनादेखि सुरुवात गरेको हुनाले नेसनल इन्स्योरेन्सको नाममा नेपालले पनि विभिन्न कार्यक्रममार्फत स्थापना महिना मनाउँदै छ ।

Advertisement

Advertisement

Advertisement