नेपालगञ्जको रांझा पुग्यो सिक्टा आयोजनाको पानी

Advertisement

काठमाडौँ । राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको पानी नेपालगंजको रांझा पुगेको छ । सिक्टा सिंचाईमा समस्या देखिएपछि उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले सिक्टा सिंचाईको निरिक्षण गर्दै नहरमा मर्मत गर्दै पानी संचालन गर्न गत कार्तिक १९ मा निर्देशन दिएका थिए ।

पानी पश्चिमी नहरको शाखा नहर डुडुवा हुंदै सिक्टाको पानी नेपालगंज पुगेको हो । त्यसैगरी सिधनीया शाखामा पनि पानी संचालनमा आएको छ । पश्चिम नहरको मर्मत गर्दै सुरुमा एक घनमिटर पानी चलाइएको थियो भने हाल दुई सय घनमीटर पानी संचालन भइरहेको सिंचाई विभागका महानिर्देशक मधुकरराज भण्डारीले जानकारी दिए ।

४२ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुर्याउने लक्ष्य राखिएको आयोजनाको ६० प्रतिशत काम सम्पन्न हुनुका साथै हाल पानी संचालनमा आएपछि ३ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ ।

Advertisement

Advertisement

Advertisement