अब इन्स्टाग्राममा नयाँ खाता खोल्दा पूरै जन्ममिति खुलाउनु पर्ने

Advertisement

काठमाडौं । अब इन्स्टाग्राममा नयाँ अकाउन्ट खाता खोल्दा जन्ममिति अनिवार्यरुपमा राख्नुपर्ने नियम बन्दैछ ।अहिलेसम्म इन्स्टाग्राममा खाता खोल्दा उमेर मात्रै उल्लेख गर्दा हुन्थ्यो, पुरै जन्ममिति राख्नु पर्थेन । तर अहिले इन्स्टाले बालबालिका तथा किशोरकिशोरीहरूलाई सामाजिक संजालबाट हुने हिंसाबाट जोगाउन सो प्रकृया अगाडि ल्याउने भएको हो ।

बुधबारदेखि इन्स्टाग्राममा नयाँ खाता खोल्दा जन्ममिति उल्लेख गर्नुपर्ने प्रावधान राखिएको छ । यसअघि इन्स्टाग्राममा खाता खोल्दा प्रयोगकर्ताले आफ्नो उमेर १३ वर्ष वा सोभन्दा माथि रहेको कुरा उल्लेख गरे पुग्दथ्यो र पूरा जन्ममिति उल्लेख गर्नु पर्दैन थियो ।

यस अघि प्रयोगकर्ताले आफ्नो उमेर समेत ढाँट्न सक्दछन् र जुनसुकै उमेरका बालबालिकाले समेत आफ्नो उमेर १३ वर्षभन्दा माथि भनेर इन्स्टाग्राममा खाता खोल्न सक्ने अवस्था थियो । प्रयोगकर्ताको जन्ममितिको जानकारीलाई इन्स्टाग्रामले उनीहरूको गोपनियताको सुरक्षामै प्रयोग गर्नेछ । कम उमेरका तथा हिंसाको जोखिममा रहेका इन्स्टाग्राम प्रयोगकर्तालाई प्राइभेसी सेटिंग्सका विभिन्न सुझावहरू उपलब्ध गराइनेछ ।

कम उमेरका बालबालिकाहरूलाई समेत इन्स्टाग्राम प्रयोगमा रोक्न नसकेको र यसबाट बालबालिकाहरू अनुपयुक्त सामाग्रीहरू हेर्न बाध्य हुने गरेको भन्दै इन्स्टाग्रामको आलोचना हुने गरेको छ । अब इन्स्टाग्रामको खातामा जन्ममिति हाल्नु परेपछि प्रयोगकर्ताको वालमा आउने विज्ञापनहरू समेत उमेरगत हिसाबका हुने र यसले बालबालिकालाई अनुपयुक्त विज्ञापनमा फस्ने जोखिम नहुने विश्वास इन्स्टाग्रामको छ ।

इन्स्टाग्राममा खाता खोल्न जन्ममिति उल्लेख गर्नुपर्ने प्रावधान सुरु गरेता पनि प्रयोगकर्ताको जन्मदिन फेसबुकमा जस्तो सार्वजनिक भने नगरिने इन्स्टाग्रामले जनाएको छ । नयाँ खाता खोल्दा जन्ममिति उल्लेख गर्नुपर्ने अनिवार्यता भए पनि पुराना प्रयोगकर्ताले भने स्वेच्छिक रूपमा आफ्नो जन्ममिति राख्न पाउनेछन् । फेसबुकसँग आबद्ध भएका इन्स्टाग्राम अकाउन्टको हकमा फेसबुकमै उल्लेखित जन्ममितिलाई नै स्वतः इन्स्टाग्राममा सारिनेछ ।

Advertisement

Advertisement

Advertisement