लक्ष्मी बैंकको १२०औं शाखा झापाको काँकडभित्तामा

Advertisement

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो १२०औं शाखा झापाको काँकडभित्तामा संचालनमा ल्याएको छ। बैंकले साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्यले उक्त शाखा विस्तार गरेको हो ।

बैंकको संजाल ४८ जिल्लामा १२० शाखा, २ एक्सटेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४५ एटिएम, २५ सय भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६४ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ। लक्ष्मी बैंकले आफ्नो सेवा अझ व्यापक बनाउने विश्वास लिएको छ।

Advertisement

Advertisement

Advertisement