काठमाडौं । साताको पहिलो दिन आज आइतबार सेयर बजारमा सुधार आएको छ । आज सेयर बजार परिसुचक नेप्से तीन दशमलव ४५ अंकले बढेर एक हजार १३५ दशमलव ३७ कायम भयो भने कारोबार रकम २८ करोड ७५ लाख रुपियाँ बराबरमा सीमित भयो ।
आज धेरै कारोबार गर्नेमा नेपाल लाईफ इन्स्योरेन्स प्रमोटर अगाडी रहेको छ । जसको कारोबार दुई करोड १३ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा मुक्तिनाथ बैंक रहेको छ । जसको कारोबार एक करोड ७२ लाख रुपियाँ बराबरको भएको छ ।
त्यस्तै, आज आन्य समूहको सूचमा तीन प्रतिशतको सुधार आएको छ । त्यस्तै, व्यापार र माइक्रोफाइनान्स समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको सुधार आएको छ भने बैंक, होटल, विकास बैंक समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको सुधार भएको छ बाँकी सबै समूहको सूचक शून्य प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन् ।
त्यसैगरी, आज धेरै फाइदा खानेमा कञ्चन डेभलपमेण्ट बैंकका लगानीकर्ता अगाडि छन् । कम्पनी सात दशमलब १० प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, आज धेरै घाटा खानेमा नेशनल माक्रो फाइनान्सका लगानीकर्ता रहेका छन् । कम्पनी तीन दशमलव ८४ प्रतिशतले घाटामा गएको छ ।