कोहलपुर तनावग्रस्तः जिल्ला प्रशासनले लगायो कर्फ्यु

Advertisement

काठमाडौं । त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा अध्ययनरत एक बालिकालाई ट्रकले ठक्कर दिएर गम्भिर घाइते भएपछि तनावगस्त्र भएको कोहलपुरमा कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले दिउँसो ३ बजेदेखि कर्फ्यु लगाएको हो।

प्रहरीले ट्रकमा आगजनी गरेको भन्दै विद्यालयमा गएर विद्यार्थी र शिक्षकलाई नियन्त्रणमा लिई कुटपिट गरेपछि आन्दोलन चर्केको हो । कर्फ्यु लगाउनु अघि जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको थियो । विद्यार्थीको प्रदर्शन चर्किएपछि बाँकेमा कर्फ्यू लागेको छ । तनावग्रस्त स्थितिलाई साम्य पार्न कर्फ्यु आवश्यक रहेको निष्कर्ष निक्लिएपछि कर्फ्यु लगाइएको हो ।

त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत घाइते छात्रा प्रगति चन्दलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। भे ६ प २७४० नम्बरको स्कुटरमा राखेर प्रगतीलाई उनका बाबुले स्कुल लैजाँदै गर्दा ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

कोहलपुरका केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement