ओम शिवालय कृषि सहकारीको अध्यक्षमा पुनः दीपक लामिछाने

Advertisement

चितवन । पार्वतीपुरस्थित ओम शिवालय कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः दीपक लामिछाने चयन भएका छन् । संस्थाको शनिबार सम्पन्न तेस्रो बार्षिक साधारणसभाबाट लामिछानेको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएका हो ।

भरतपुर–२१ का वडाध्यक्ष चित्रसेन अधिकारीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा संस्थाका सचिव नारायण चालिसेले गएको आर्थिक बर्षको प्रगति प्रतिवेदन तथा चालु आर्थिक बर्षको प्रस्तावित बजेट प्रस्तुत गरेका थिए ।

प्रयास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रशान्त गिरी, पञ्चज्योति महिला बचत तथा ऋण संस्थाकी अध्यक्ष दिव्य शर्मा आचार्य, समाज उत्थान कृषि सहकारी संस्थाका अध्यक्ष बालकृष्ण ढकाल, नेपाली कांग्रेस वडा पार्टी प्रतिनिधि भरतप्रसाद लामिछाने, नेकपा वडा पार्टीका प्रमुख बलराम सापकोटा, चितवन जिल्ला सहकारी संघ प्रतिनिधिले बोलेका थिए ।

वडाध्यक्ष अधिकारीले ओम शिवालय कृषि सहकारी संस्थाले सञ्चालन गरेको ओम शिवालय हाट बजार भरतपुर महानगरपालिकाबाट इजाजज पाउने पहिलो हाट बजार भएको बताउँदै सहकारीले सोही हाट बजारमा दुध डेरी पनि सञ्चालन गर्दै आएकोमा खुसी जनाए ।

Advertisement

Advertisement

Advertisement