सबैको लघुवित्तले पाारित गर्यो १३ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव

Advertisement

काठमाडौँ । बन्दीपुर, तनहुँमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो साधारण सभाले संस्थाको हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

शनिबार सम्पन्न साधारण सभाले हाल कायम चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँको १३ प्रतिशत अर्थात २ करोड १४ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव केशवकुमार पौडेलले जनाएका छन् ।

साथै, साधारण सभाबाट सर्वसाधारणतर्फ सञ्चालकमा श्यामप्रसाद श्रेष्ठ र गोपाल जोशीलाई निर्विरोध निर्वाचित गरिएको सीईओ पौडेलले बताए ।

Advertisement

Advertisement

Advertisement