गौरिकालाई स्वर्णमाथि स्वर्ण, आज तेस्रो स्वर्ण जित्न सफल

Advertisement

काठमाडौँ । तेह्रौं सागअन्तर्गत आइतबार भएको चार सय मिटर फ्रिस्टाइल स्वीमिङमा नेपालकी गौरिका सिंहले फेरि अर्को स्वण पदक जितेकी छन् । योसहित गौरिकाको तेह्रौं सागमा तीन स्वर्ण पुगेको छ ।

साग खेलकुदको इतिहासमै पौडीको व्यक्तिगत स्पर्धामा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएकी गौरिका अर्को स्वण पदक थपेर इतिहास रचेकी छन् । आजको खेलमा चार सय मिटरको दूरी २५.२८ सेकेन्डमा पार गर्दै पहिलो हुन सकेकी हुन् । उनले स्वर्णबाहेक एक रजत र एक कास्य पदक पनि हात पारेकी छन् ।

Advertisement

Advertisement

Advertisement