सनराइज बैंकको ४०औं शाखारहित बैंकिङ सेवा चितवनको पिठुवामा

Advertisement

काठमाडौं । सनराइज बैंकले चितवन जिल्लाको पिठुवामा ४०औं शाखारहित बैंकिङ सेवा संचालमा ल्याएको छ । बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा सेवा पुर्याउँदै जाने उद्देश्यका साथ चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नं १४ मा ४० औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याइएको बैंकले जनाएको छ।

उक्त शाखाको उद्घाटन रत्ननगर नगरपालिकाको अध्यक्ष हरि कुमार श्रेष्ठ र बैंकको प्रादेशिक कार्यालय ३ का सदस्य अचुत जङ्ग श्रेष्ठले गरेका हुन् । सो समारोहमा अचुत जङ्ग श्रेष्ठले शाखारहित बैंकिङ सेवाको एजेन्टरप्रतिनिधि नारायण कुमारलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका हुन् ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

हालसम्म बैंकले १२६ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा एटिएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement