ग्लोबल आइएमईका अध्यक्ष चन्द्र ढकालले गराए सीईओ परशुराम कुँवरलाई पद बहाली

Advertisement

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा परशुराम कुँवर क्षेत्रीले पद बहाली गरेका छन् । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुँवरलाई पद बहाली गराएका हुन् । ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई मंसिर २० गते देखि एकिकृत कारोबार शुरु भएपछि सीईओ कुँवरलाई पद बहादी गराइएको हो ।

तीन दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहनुभएका क्षेत्री २०७४ साल असार १ गते देखि जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत थिए । यसअघि उनले तत्कालीन बैंक अफ एसिया र ग्राण्ड बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व गरिसकेका छन् ।

वि.सं. २०४२ साल देखि तत्कालीन ग्रिनलेज बैंकबाट बैंकिङ्ग क्यारियर सुरु गरेका कुवँरले तत्कालीन सरकारले विदेशी विज्ञहरु समेतको सहभागितामा गठन गरेको नेपाल बैंक लिमिटेडको वित्तीय सुधार कार्यक्रमको टिममा रहेर करिब तीन वर्ष ६ महिना कार्य गरेका थिए ।

जनतासँग एकिकृत भएपछि ग्लोबल आइएमई बैंकको प्राथमिक पूँजी कोष रु. २४ अर्ब, कूल निक्षेप २१३ अर्ब, कुल कर्जा १९४ अर्ब भन्दा बढी रहेको छ ।

त्यस्तै ७ वटै प्रदेश र ७७ वटै जिल्लामा पुग्ने गरी बैंकका ३ सय भन्दा बढी शाखा÷सञ्जाल, २५९ एटिएम, २४४ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्स्टेन्सन तथा राजस्व काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८४० भन्दा बढी सेवा केन्द्रहरु रहेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement