बुटवल पावर कम्पनीद्वारा शेयरधनीहरुलाई २८ प्रतिशत लाभांश दिने घोषणा

Advertisement

काठमाडौँ । बुटवल पावर कम्पनीले शेयरधनीहरुलाई २८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आव २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

पुस २४ गते घोषित कम्पनीको २७ औँ साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुने कम्पनी सचिव हरिबहादुर बुढाले जनाएका छन् । बिहान ११ बजे कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौँमा साधारण सभा हुने जनाइएको छ ।

साधारण सभा प्रयोजनका लागि पुस ९ गतेदेखि २४ गतेसम्म शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) गर्ने निर्णय गरिएको कम्पनी सचिव बुढाले बताए ।

Advertisement

Advertisement

Advertisement