नेपाल छोड्न लागेका भारतीय राजदूत पुरीले भेटे माधव नेपाललाई, के-के भयो कुराकानी ?

Advertisement

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा हुन लागेको छ । नेपाल छाड्ने तयारीमा रहेका पुरी अहिले बिदाई भेटमा व्यस्त हुन थालेका छन् ।

यसै क्रममा राजदूत पुरीले पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता एवम् विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग बिदाई भेट गरेका छन् ।

भेटमा राजदूत पुरीको कार्यकालको संक्षिप्त चर्चा सहित नेपाल–भारत सम्बन्धका बिबिध पक्षमा कुराकानी भएको नेता नेपालको सचिवालय श्रोतले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement