न्यूजील्याण्डमा ज्वालामुखी विस्फोट, सयौंको संख्यामा पर्यटक फसेको आशंका

Advertisement

न्यूजील्याण्ड । न्यूजील्याण्डमा एक ज्वालामुखी फुट्दा कम्तिमा एक सय मानिस फसेको आशंका गरिएको छ । कम्तिमा २० जना घाइते भएका छन् । ज्वालामुखी ह्वाइट आइल्याण्डमा विस्फोट भएको र यो आइल्याण्डमा ज्वालामुखी फुट्दा कैयौं पर्यटक त्यहाँ भएको बीबीसीले जनाएको छ ।

न्यूजील्याण्डका प्रधानमन्त्री जाकिन्दा अर्डेनले यो अवस्थाको जानकारी दिँदै कति मानिस यसमा परे भन्ने बारेमा जानकारी नभएको बताएकी छन् । स्थानीय मेयरका अनुसार यो विस्फोटमा कैयौं मानिस घाइते भएका छन् ।

ह्वाइट आइल्याण्ड न्यूजील्याण्डको उत्तरी क्षेत्रमा अवस्थित आइल्याण्ड हो जहाँ देशकै सक्रिय ज्वालामुखी रहेको छ । यहाँ सन् २००१ यता पहिलो पटक ज्वालामुखी विष्फोट भएको हो ।

Advertisement

Advertisement

Advertisement