साग पुरुष क्रिकेटः नेपालले कांस्यमा चित्त बुझायो

Advertisement

काठमाडौँ । तेह्रौं साग खेलअन्तर्गत सोमबार भएको पुरुष क्रिकेटको खेलमा नेपालले कांस्य पदक हात पारेको छ ।त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ५ विकेटले हराउँदै पदक जितेको हो ।

टस हारेर ब्याटिङमा आएको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो । नेपालले १६.१ ओभरमा ५ विकेट गुमाउँदै ९८ रन बनायो । नेपालले कांस्य पदक जित्ने दावी गर्दै आएको थियो ।

Advertisement

Advertisement

Advertisement