दराजको १२.१२ सेल डे डिसेम्बर १२ देखि

Advertisement

काठमाडौं । नेपालको अनलाइन सपिङ साइट दराजले २०१९ को अन्त्यमा सबैभन्दा ठुलो सेल डे आयोजना गर्ने भएको छ । डिसेम्बर १२ देखि १८ तारिख सम्म चल्ने सेल डे को नाम १२.१२ दिइएको छ ।

उपभोक्ताहरुले घरमा चाहिने खाद्य सामाग्रीहरु नून, चामल, दाल, तेल देखि अन्य धेरै दैनिक आवश्यकताका समानहरु आफ्नो घर दैलोमा डिमार्टबाट मगाउन सक्नेछन् ।

डिमार्टले १५०० रुपियाँभन्दा माथिको खरिदमा निःशुल्क वितरण सुविधा दिएको छ। उपभोक्ताहरुले काठमाडौंबाट अर्डर गर्दा २४ देखी ४८ घण्टा भित्र आफ्नो अर्डर पाउनेछन भने काठमाडौं बाहिरबाट अर्डर गर्दा २ देखि ४ दिन लाग्ने छ।

यस सेल डेमा इलेक्ट्रोनिक, स्मार्टफोन र टिभिका प्रडक्टहरु खरिद गर्दा विशेष छुट पाइने छ । यस सेल डेमा ५ बैक बाट (सिद्धार्थ, ग्लोबल, सनराइज, माछापुच्छ्रे र एनएमबि) पे गर्न सकिने छ ।

यसको लागि सेल डे सुरु हुनु भन्दा अगाडिनै बैकबाट लिएको डेबिट वा क्रेडिट कार्ड एक्टिभेट गरेको हुनु पर्ने छ । यि कार्ड बाट १५ प्रतिशतसम्म छुट पाउन सकिने छ ।

Advertisement

Advertisement

Advertisement