विवाहको उपहारमा एक जोडीलाई दिइयो साढे दुई किलो प्याज

Advertisement

काठमाडौं । प्याजको भाउ आकाशिँदै गर्दा नेपालीलाई मात्र होइन भारत, बंगलादेशलगायत विभिन्न ठाउँका मानिसलाई मर्का परेको छ । भारतको तिमलनाडुको कुड्डालोरमा एक जोडीलाई विवाहको उपहारस्वरुप साढे दुई किलो प्याज दिइएको छ ।

नवविवाहित शाहुल र सबरिनाले केही समयका लागि आफू अचम्मित भएको बताए । रिसेप्सनको क्रममा उपहारमा दिइएको प्याजको पनि अत्यधिक चर्चा भयो । आजकाल उक्त राज्यमा प्याजको मूल्य दुई सय भारु प्रतिकिलो छ ।

शाहुलका अनुसार यो उपहार उनका साथी जी. चेतनसमेत ६ साथीले दिएका हुन् । चेतनका अनुसार दुलहा र उनका परिवारले विवाहमा बिरयानीसँग प्याज हालिएको रायता सर्भ गर्न चाहन्थे तर यसको मूल्य धेरै भएका कारण यस्तो गर्न सकेनन् । पछि उनीहरुले काँक्रोको रायता बनाउने निर्णय गरे ।

आफूहरुले साढे दुई किलो प्याज पाँचसय भारुमा खरिद गरेको चेतनले बताए ।

Advertisement

Advertisement

Advertisement