नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०१९ हुँदै

Advertisement

काठमाडौं । । नेपालको सबैभन्दा ठूलो एक मात्र विस्तृत मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल शो यहि डिसेम्बर १३ तारिख देखी १५ तारिख सम्म (मंसिर २७–२९) काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

यस प्रदर्शनी संगै ‘नेपाल ल्याब एक्सपो’ र ‘हेल्थकेयर सप्लाई चेन शो”पनि आयोजित हुनेछन्। हेल्थकेयर सप्लाई चेन शो भने यसै वर्ष मात्र इइपीसी(इन्जिनियरिङ्ग एक्सपोर्ट प्रमोशन काउनसील, भारत) को सहकार्यमा हुँदै छ । यसको विषेश प्राथमिकता अस्पतालको पूर्वाधार रहने छ । नेपाल मेडिकल र ल्याब शोएस. डि. प्रोमो मिडियाद्वारा गरिने छ ।

नेपालको स्वास्थ र ल्याब क्षेत्रमा योगदान गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रदर्शनी यस क्षत्रको सबैभन्दा ठूलो व्यापार र ज्ञान आदान–प्रदान गर्ने प्ल्याट फर्म भएकोले यस क्षेत्रमा आबद्ध सबैका लागि यो प्रदर्शनी महत्वपूर्ण रहने छ । यस प्रदर्शनीको उद्घाटन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल तथा नेपाल सरकारका अन्य व्यक्तिद्वारा गरिने छ ।

यस अन्तर्राष्ट्रिय प्ल्याट फर्ममा विशेषत एनेसथेजिया, बायो–मेडिकल, इ।एन।टी।, अर्थोपेडिक्स, सर्जिकल, मेडिकल, आई।सी।यू।, अस्पताल फर्निचर, मेडिकल टेक्सटाइल, कन्ज्युमेबल्स, रिह्या बिलिटेशन, मेडिकल ग्यास, एक्स–रे, ल्याब इक्युपमेन्ट्, एनालाइटिकल इक्युपमेन्ट्, एजुकेशन र अन्य सेवा प्रदायकहरुको स्टल रहने छ ।

यो प्रदर्शनीमा २५० भन्दा बढि कम्पनीहरु, ८०० भन्दा बढि ब्राण्डहरु र ६,००० भन्दा बढि भिजिटरहरुको उपस्थिती हुने बताईएको छ । यस प्रदर्शनीमा पन्ध्र मुलुकका अफिसरहरु, डाक्टरहरु, निति–निर्माणकर्ता, उद्योगपति तथा वैज्ञानिकहरु भेला हुनेछन् ।

नेपालको स्वास्थ्य क्षेत्र तथा ल्याब प्रवधिलाई द्रुतगति दिन यस एक्सपोले सहयोग पुर्याउने बताईएको छ । यसका साथसाथै नेपालका कम्पनीहरुलाई नयाँ प्रविधि भित्र्याउन र नेपालमै यस्ता उत्पादन गर्न सक्ने मौका यो एक्सपोले दिनेछ ।

यस प्रदर्शनीमा आउँनेहरुले स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि हेर्न सक्नेछन्, जुन विभिन्न अस्पताल, प्याथोलोजी ल्याब, अनुसन्धान केन्द्र, फार्मास्यूटीकल्स, खाद्यउद्योग, विश्वविद्यालय, ल्याबहरु तथा आपुर्तिसंग सम्बन्धित रहने छन् ।

Advertisement

Advertisement

Advertisement