दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम ४६ करोड माथि

Advertisement

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज सेयर बजार परिसुचक नेप्से १३ दशमलव ५१ अंकले बढेर एक हजार १४८ दशमलव ८९ कायम भयो भने कारोबार रकम २८ करोड ७५ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा नेपाल बैंक अगाडी रहेको छ । जसको कारोबार दुई करोड २८ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा एनएमबी बैंक रहेको छ । जसको कारोबार एक करोड ८६ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज निर्जीवन बीमा समूह, ट्रेडिङ अर्थात् व्यापार समूह र माइक्रोफाइनान्स समूहको सूचकमा तीन प्रतिशतको सुधार आएको छ । त्यस्तै, होटल्स र बैकिङ समूहको सूचकमा शुन्य प्रतिशतभन्दा धेरैको सुधार आएको छ । त्यसैगरी मूयुचल फण्डमा शून्य र अन्य समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको गिरावट आएको देखिन्छ भने बाँकी सबै समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको सुधार भएको छ ।

त्यसैगरी, आज धेरै फाइदा खानेमा नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता अगाडि छन् । कम्पनी सात दशमलब १० प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, आज धेरै घाटा खानेमा नबिल इक्विटी फण्डका लगानीकर्ता रहेका छन् । कम्पनी पाँच दशमलव ७४ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement