साग फुटबलको फाइनल म्याच हेर्न दोब्बर मूल्य तिर्दै दर्शकहरु

Advertisement

काठमाडौं । मंगलबार हुने नेपाल र भुटानबीचको साग पुरुष फुटबलको फाइनल खेलको टिकट मूल्य दोब्बरले वृद्धि गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले टिकटको मूल्य दोब्बरले वृद्धि गरेको हो ।

दर्शकको चापलाई दृष्टिगत गर्दै मूल्य बढाउनु परेको राखेपको तर्क छ । अब दर्शकले एक हजार र दुई हजारको टिकट लिनुपर्ने हुन्छ । रङ्गशालामै गएर खेल हेर्न चाहनेले सामान्य ग्यालरीको एक हजार र भिआइपी ग्यालरीको दुई हजार रुपियाँको टिकट खरिद गर्नुपर्ने हुन्छ ।

यसरी खरिद गरिएको टिकटले साग खेलको समापन पनि हेर्न सकिने जनाइएको छ । खेल मंगलबार दिउँसो ३ बजेबाट सुरु हुँदैछ ।

Advertisement

Advertisement

Advertisement