भोलि काठमाडौंमा जोर नम्बरका सवारी साधन मात्रै, रंगशाला आसपास पैदल यात्रा गर्नुपर्ने

Advertisement

काठमाडौं । दशरथ रंगशाला वरिपरि भोलि मंगलवार सवारी साधन नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को समापन समारोह भएकाले भीडभाड बढी हुने कारण देखाउँदै सकेसम्म उक्त क्षेत्रमा सवारी साधन नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको हो ।

साग समापन समारोहमा मानिसहरुको भीडभाड बढ्नाले ट्राफिक व्यवस्थापन गर्न मुस्किल हुने भएकाले भोलि उपत्यकाभित्र जोर नम्बर प्लेटका सवारी साधनहरू मात्र चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । जोर नम्बरका सवारी साधनलाई पनि सकेसम्म रंगशाला आसपास नजान प्रहरीको अनुरोध छ ।

साथै दशरथ रंगशालामा खेल हेर्न आउने दर्शकले प्रयोग गर्ने सवारीवारी साधनका लागि पनि पार्किङ स्थल तोकिएको छ । खेल हेर्न आउने सम्पूर्ण सर्वसाधारणको पार्किङस्थल काठमाडौं मलअगाडिको टुँडिखेललाई तोकिएको छ ।

Trafic

 

Advertisement

Advertisement

Advertisement