सिभिल बैंकको संस्थापक समूहको शेयर बेच्न आवेदन खुला, न्यूनतम मूल्य प्रतिशेयर १०० रुपैयाँ

Advertisement

काठमाडौँ । सिभिल बैंक लिमिटेडको संस्थापक समूहको २० लाख ३० हजार ५९ कित्ता शेयर बिक्री गर्ने भएको छ ।

शेयर खरिद गर्न इच्छुक व्यक्तिले न्यूनतम मूल्य प्रति शेयर रु. १००/– वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सक्ने धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

शेयर खरिदका लागि मंसिर २४ गते शुक्रबारदेखि नै आवेदन दिन सकिने छ । पुस ८ गतेसम्म आवेदन दिन सकिने सिभिल क्यापिटलले जनाएको छ ।

शेयर खरिदको लागि आवेदन गर्दा न्यूनतम १० हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ । अधिकतम शेयर संख्याको लागि भने कुनै हद तोकिएको छ्रैन ।

संस्थापक समूहका सबैभन्दा बढी दररेटमा खरिद माग गर्ने आवेदकलाई शेयर बिक्री गर्ने जनाइएको छ । यसबाट पनि शेयर बाँकी रहेमा त्यसपछिको बढी दररेटमा खरिद माग गर्ने आवेदकलाई बिक्री गरिने सिभिल क्यापिटलले जनाएको छ ।

पुस ९ गते बहिान ११ बजे सिभिल क्यापिटलको कार्यालय सुन्धारा काठमाडौँमा प्राप्त आवेदनहरु खोलिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement