सुनचाँदीको मूल्य ओरालो लाग्ने क्रम जारी, यस्तो छ आजको बजार भाउ

,   २४ मंसिर २०७६, मंगलवार, ११:०४ am   
सुनको मूल्य

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार ७१ हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज दुई सय रुपियाँले घटेर प्रतितोला ७० हजार रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार ५०० रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ७०० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ४४५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८३० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७११ रुपियाँ ५० पैसा कायम गरेको छ ।