नेपाल इन्स्योरेन्सले गर्यो लघु बीमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम

Advertisement

काठमाडौँ । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा आयोजित लघु बीमा सम्बन्धी १ दिने देशव्यापी अभिमुखिकरण कार्यक्रम कञ्चनपुरको महेन्द्रनगर स्थित होटल ओपेरामा भव्यताका साथ सम्पन्न भयो । मंसिर २१ गते आयोजित कार्यक्रममा कञ्चनपुर जिल्लाका सम्पूर्ण लघुवित्त संस्था, सहकारी संस्था विभिन्न बैंक तथा वित्तिय संस्था, सरकारी कार्यालय, बीमा कम्पनीका प्रतिनिधिहरु, प्रहरी प्रशासन लगायत स्थानिय समाजसेवी, बुद्धिजिवीहरुको उपस्थित रहेको थियो ।

नेपालको पिछडिएको क्षेत्र तथा न्यून आय भएको बर्गसम्म लघु बीमाको पहुँच बिस्तार गरी न्यून आय भएका, आर्थिक, सामाजिक तथा भौगोलिक कारणबाट जोखिमग्रस्त बर्गका ब्यक्ति तथा समुदायलाई लक्षित गरी निजहरुको जीबन तथा सम्पत्तिको सम्भाबित जोखिमबाट सुरक्षा प्रदान गरी गरिवी घटाउने र लघु बीमाबारे जन चेतना जगाउने मुख्य उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

लघु बीमाले गरिब निमुखा जनताका लागी काम गर्ने भएकोले सबैले यसप्रति गम्भीर हुनु पर्ने र बीमा गरेर आफ्नो व्यावसाय तथा स्वास्थ्यको संरक्षण गर्नु पर्ने तर्फ शनिबार सम्पन्न लघुबीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा जोड दिईएको थियो । नेपाल बिमंक संघका कृष्ण न्योपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा भीमदत्त नगरपालिका वडा नं. ४ अध्यक्ष लक्ष्मीदक्त बोहरा प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा प्रहरी उपरीक्षक दिनेशकुमार आचार्य, नेपाल हेल्पटास ईलमका टेकबहादुर सिंह, पशुसेवा बिक्री केन्द्रका देवदत्त भट्ट र समाजसेवी भवराज रेग्मी अतिथि रहेका थिए । बीमक संघका कल्पना निरौलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन चन्द्रनाथ उप्रेती गरेका थिए । कार्यक्रममा सृजनशील सहकारी झलारीका कार्यकारी निर्देशक मदनराज भट्ट लगायतले मन्तव्य राखेका थिए ।

Advertisement

Advertisement

Advertisement