नेप्सेले सार्वजनिक गर्यो अध्यावधिक सूची, ९ वटा बाणिज्य बैंकमात्रै ‘ए’ बर्गमा

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले गरेको वर्गिकरणमा ९ वटा बाणिज्य  बैंक मात्र ‘ए’ वर्गमा पर्न सफल भएका छन् ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ को उप विनियम ८ बमोजिम सूचीकृत संगठित संस्थाको पहिलो त्रैमासिक वर्गिकरण सूची कात्तिक ७ गते प्रकाशित गरेकोमा आज पुनः अध्यावधिक सूची प्रकाशित गरेको हो ।

उक्त बर्गिकरणमा पर्नु/नपर्नुको कारण सहित ३५ दिन भित्र आवेदन माग गरिएकोमा पर्न आएका निवेदनको अध्ययनपछि वर्गिकरण अध्यावधिक गरिएको नेप्सेले जनाएको छ ।

उक्त सूची अनुसार ‘ए’ बर्गमा सिटिजन्स बैंक, ग्लोबल आइएम बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, एनएमबी बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सनराइज बैंक र मुक्तिनाथ विकास बैंक परेका छन् । त्यसैगरी ‘बी’ वर्गमा न्याग्दी पावर कम्पनी मात्रै परेको छ ।













 

 

Advertisement

Advertisement

Advertisement