नयाँ नेपाल लघुवित्तद्वारा २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा

Advertisement

काठमाडौँ । काभ्रेको धुलिखेलमा केन्द्रीय कार्यालय रहेको नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने भएको छ ।

संस्थाको हाल कायम चुक्ता पूँजी ८ करोड ४० लाख रुपैयाँको २० प्रतिशत बोनस शेयर प्रदान गर्ने सञ्चाला समितिले निर्णय गरेको कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेले जनाएका छन् ।

संस्थाको वार्षिक साधारण सभा पुस १९ गते हुने र उक्त साधारण सभाले पारित गरेपछि बोनस शेयर वितरण गरिने छ । साधारण सभा प्रयोजनको लागि पुस ३ गतेदेखि १९ गतेसम्म शेयर दाखिला खारेज बन्द(बुक क्लोज) गर्ने निर्णय गरिएको कम्पनी सचिव घिमिरेले जनाए ।

Advertisement

Advertisement

Advertisement