सेयर बजारमा सुधार कायमै, आधा अर्बको कारोबार

Advertisement

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सेयर बजार सुधार कायमै रह्यो । आज सेयर बजार परिसुचक नेप्से दुई दशमलव ४८ अंकले बढेर एक हजार १५१ दशमलव ३६ कायम भयो भने कारोबार रकम ५० करोड ३२ लाख रुपियाँ बराबरको भयो ।

आज धेरै कारोबार गर्नेमा माछापुच्छ्रे बैंक अगाडी रहेको छ । जसको कारोबार सात करोड ५३ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा एनएमबी बैंक रहेको छ । जसको कारोबार तीन करोड ८५ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज ट्रेडिङ अर्थात् व्यापार समूहको सूचकमा चार प्रतिशतभन्दा धेरैको सुधार आएको छ । होटल समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको सुधार भएको छ । त्यसैगरी, अन्य, उत्पादनमूलक समूह, निर्जीवन बीमा समूह तथा हाइड्रोपावर समूहको सूचक शून्य प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । त्यस्तै, बाँकी सबै समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको सुधारले हरियाली छाएको छ ।

त्यसैगरी, आज धेरै फाइदा खानेमा नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ता अगाडि छन् । कम्पनी सात दशमलब नौ दशमलब ९१ प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, आज धेरै घाटा खानेमा अरुण कावेलीका लगानीकर्ता रहेका छन् । कम्पनी चार दशमलव ०९ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement