काठमाडौंका बाटो कालोपत्रे निरिक्षण गर्दै हिडे माधव नेपाल

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा बरिष्ठ नेता माधवकुमार नेपाल आफ्नो निर्वाचन क्षेत्रको सडक अनुगमनमा निस्किएका छन् । मंगलबार दिनभर नेता नेपालले काठमाडौ क्षेत्रनम्बर २ का बिभिन्न सडकको अनुगमन गरे । कागेश्वरी मनोहरा नगरपालिका भित्र संचालन तथा सम्पन्न भएका योजना तथा विकास निर्माणका कार्यबारे नेता नेपाल र मेयर कृष्णहरी थापाले अवलोकन गरे । नेपालले कागेश्वरी मनोहरा नगरपालिका ६ को बरपिपल ढुंगेल गाउँ सडक आफै बसेर कालोपत्रे गराए । समृद्ध नगरको योजना चलाएका मेयर थापाले उक्त बाटो दोस्रो चरणमा कलभर्ट सहित मनोहरा मार्ग जोड्ने काम पनि अघि बढेको बताए ।जनप्रतिनिधि निर्वाचित भएर आएको ३० महिनामा उल्लेख्य प्रगती भएको उनले बताए । नेता नेपालले पनि विकास निमार्णमा कुनै संझौता नहुने बताए । पूर्व प्रधानमन्त्री नेपालले विकास निमार्णको काम तिब्र गतिमा अघि बढीरहेको बताए । उनले राम्रो काम गर्नेलाई आफुहरु सहयोग गर्ने पनि बताए ।