ऐतिहासिक जित र सफल साग आयोजनाका लागि माधव नेपालले दिए बधाई

Advertisement

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)मा ५१ वटा स्वर्णसहित दोश्रो स्थान प्राप्त गर्न सफल भएकोमा नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले बधाई दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा सफल साग आयोजना र ऐतिहासिक पदक जित्न सफल भएकामा बधाई दिएका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा बरिष्ठ नेता नेपालले फेसबुकमा लेखेका छन्ः १३ औं दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) भव्यरुपमा सम्पन्न गरेकोमा सम्पूर्ण आयोजक संस्थाहरू सहित नेपाल सरकारलाई हार्दिक बधाई । बिभिन्न पदकहरू प्राप्त गर्ने सम्पूर्ण खेलाडीहरूलाई हृदयदेखि नै हार्दिक बधाई एवम् उच्च खेलभावनाका साथ प्रतियोगितामा सहभागी सार्क राष्ट्रका सम्पूर्ण प्रतियोगिहरूलाई हार्दिक धन्यवाद ।

५१ स्वर्ण पदक सहित नेपाली खेलाडीहरूले प्राप्त गरेको ऐतिहासिक सफलताप्रति गौरवबोध गर्दै यसको निम्ति मेहनत गर्ने खेलाडीहरू, प्रशिक्षकहरू, राखेपका वर्तमान तथा पूर्व पदाधिकारीहरू, नेपाल ओलम्पिक कमिटी तथा सम्बन्धित सबैलाई पुनः बधाई ज्ञापन गर्दछु ।

Advertisement

Advertisement

Advertisement