हिमालय एयलाइन्सले शुरु गर्यो क्वालालम्पुर उडान, हप्तामा दुई पटक उडान भर्ने

Advertisement

काठमाडौँ । नेपाल-चीन संयुक्त वायुसेवा अन्तर्राष्ट्रिय उद्यम, हिमालय एयरलायन्सले मलेसिया स्थित क्वालालम्पुर उडान मंसिर २३ गतेदेखि सुरु गरेको छ । एअरलाइन्सले क्वालालम्पुरको लागि आफ्नो पहिलो उडान स्न २०१७ को फेबु्रअरी १० बाट सुरु गरेको थियो । वैदेशिक रोजगारीमा मलेसिया जानेहरुका लागि स्वीकृति रोकिएपछि सन् २०१८ को नोभेम्बरबाट एअरलाइन्सको मलेसियाको उडान स्थगित भएको थियो ।

भ्रमण वर्ष २०२० को संघारमा एयरलाइन्स्ले क्वालालम्पुरको उडान पुनर्संचालन गर्दैं मलेसियाबाट पर्यटकलाई नेपालप्रति आकर्षित गर्न र प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । यो नयाँ उडानसँगै यात्रुहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने र नेपाली वायुसेवा सञ्जाललाई एसिया प्रशान्त क्षेत्रमा अझै मजबुत बनाउँदै लैजानमा विश्वास राखिएको छ । प्रत्येक वर्ष ठूलो संख्यामा पर्यटकहरु आकर्षण गर्ने क्वालालम्पुर नेपालीहरुले पनि लोकप्रिय गन्तव्य हो ।

हिमालय एअरलाइन्स्को पुनःआरम्भ उडान एच९ ८९० कुल १५० यात्रुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०१९ डिसेम्बर ९ मा स्थानीय समय अनुसार २१ः३५ मा क्वालालम्पुरको लागि उडेको थियो । उक्त विमान क्वालालम्पुर स्थित क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१९ डिसेम्बर १० मा स्थानीय समय ४ः१८ मा अवतरण गरेको थियो ।

हिमालय एयरलाइन्स्को आवागमन उडान एन९ ८९१ कुल ८२ यात्रुसहित क्वालालम्पुर विमानस्थलबाट सोही दिन स्थानीय समय ५ः२१ मा उडेको थियो र नेपालको त्रिभुवन विमानस्थलमा स्थानीय समय ७ः४६ मा अवतरण गरेको थियो । एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले क्वालालम्पुर र काठमाडौँबीतको सिधा उडान पुनः सञ्चालन गर्न पाउँदा खुशी लागेको बताए ।

साप्ताहिक दुई दिने उडान तालिका उपयुक्त समयमा रहेको जनाइएको छ । काठमाडौँ–क्वालालम्पुर उठान सोमबार र विहीबार तथा क्वालालम्पुर–काठमाडौँ सिधा उठान मंगलबार र शुक्रबार हुने जनाइएको छ । साथै, दुवै रुटमा बिजनेश क्लासका लागि ४० किलो र इकोनामी क्लासका लागि ३० किलोको ब्यागेजको सुविधा निःशुल्क उपलब्ध गराइएको कम्पनीले जानएको छ ।

 

Advertisement

Advertisement

Advertisement