लुम्बिनी विकास बैंकद्वारा शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा

Advertisement

काठमाडौँ । लुम्बिनी विकास बैंकले शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले आव २०७५÷७६ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव हरिकृष्ण सुवेदीले जनाएका छन् ।

बैंकको हाल कायय चुक्ता पूँजी २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार ५ सय ५१ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गरिने कम्पनी सचिव सुवेदीले बताए ।

 

Advertisement

Advertisement

Advertisement