डिप्रोक्स लघुवित्तद्वारा लाभांश घोषणा, १५ प्रतिशत नगद, ३० प्रतिशत बोनस शेयर

Advertisement

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले आव २०७५/७६ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश र ३० प्रतिशत बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको हो ।

संस्थाको हाल कायम चुक्ता पूँजी ७७ करोड ३४ लाख १० हजार ४ सय ४१ रुपैयाँ रहेको छ । राष्ट्र बैंकबाट स्वीकृति र संस्थाको आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिने कम्पनी सचिव ज्ञानेन्द्रप्रसाद अर्यालले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement