डिभिजन सडक कार्यालयका प्रमुख र इञ्जिनियर २० लाख घुससहित अख्तियारको नियन्त्रणमा

Advertisement

काठमाडौँ । डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख(सीडीई) ध्रुबकुमार श्रेष्ठ र इञ्जिनियर निरोज महर्जन २० लाख रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल(काठमाडौँ)बाट खटिएको टोलीले डिभिजन सडक कार्यालयका प्रमुख श्रेष्ठ र इञ्जिनियर महर्जनलाई घुस बापतको रकम लिइसकेको अवस्थामा काठमाडौँको रोयल अलिना बेकरी क्याफेबाट मंगलबार पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सेवाग्राहीबाट सडक निर्माण भइरहेको कामको भुक्तानीको लागि रनिङ बिल पेश गरेकोमा कामको मूल्याङ्कन गर्दा निर्माण भएको कामको विवरण कम गरी बाँकी बिलको भुक्तानीको लागि घुस माग गरेको सूचनाको आधारणमा अख्तियारको टोली खटिएको थियो ।

घुस रकम सहित पक्राउ परेका श्रेष्ठ र महर्जनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले बताए ।

Advertisement

Advertisement

Advertisement