दोहोरो अंकले नेप्से बढ्दा युनिलिभरका शेयरधनीहरुले ब्यहोरे घाटा

Advertisement

काठमाडौँ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज १०.११ अंकले परिसूचक बढ्को हो । ०.८८ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११६१.४७ बिन्दुमा पुगेको छ ।

शेयर बजारमा आज १७३ कम्पनीका २० लाख ४३ हजार ६ सय ५ कित्ता शेयर किनबेच हुँदा ५५ करोड १३ लाख ७७ हजार ८ सय ५२ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

दोहोरो अंकले बजार बढेको दिन उत्पादनमूलक समूह बाहेक अरु सबै समूहमा हरियाली छाएको छ । उत्पादनमूलक समूह ३०.३२ अंकले घटेको हो । त्यसैगरी बैंकिङ समूह ४.२७, ट्रेडिङ समूह २९.५६, होटल समूह २२.७९, विकास बैंक समूह १६.८, जलविद्युत समूह ६.२, वित्त समूह ६.२४, निर्जीवन बीमा समूह ११३.१३, अन्य समूह ५.१४, लघुवित्त समूह ५७.०८, जीवन बीमा समूह ७९.२८ र म्युचुअल फण्ड ०.०२ अंकले बढेका छन् ।

आज सबैभन्दा बढी शेयर कारोबार नेपाल बंगलादेश बैंकको भएको छ । उक्त बैंकको ६ करोड ४१ लाख ६१ हजार ६ सय ४८ रुपैयाँ बराबरको प्रमोटर शेयर किनबेच भएको हो ।

बजार बढेको दिन नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी ९.९८ प्रतिशतले नाफा कमाएका छन् भने युनिलिभर नेपाल लिमिटेका शेयरधनीहरुले सबैभन्दा बढी ३.३५ प्रतिशतले घाटा ब्यहोरेका छन् ।

Advertisement

Advertisement

Advertisement