सागका बिजेताहरुलाई प्रधानमन्त्रीद्धारा १३ करोड रुपियाँको 'सरप्राइज' पुरस्कार घोषणा

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले १३औं साग प्रतिगोगितामा विजयी खेलाडीलाई बालुवाटार बोलाएर सरप्राइज पुरस्कार घोषणा गरेका छन् । बुधबार अपरान्ह बोलाएर उनले सरकारको तर्फबाट विशेष पुरस्कारको घोषणा गरेका हुन्।

जसअनुसार स्वर्ण जित्नेलाई प्रतिस्वर्ण नौ लाख रुपियाँका दरले र एकभन्दा बढि जित्नेलाई ११ लाख रुपियाँका दरले प्रोत्साहन रकमको घोषणा गरिएको छ । त्यस्तै, रजत विजेता खेलाडीलाई छ लाख र कास्य जित्ने खेलाडीलाई तीन लाख रुपियाँका दरले पुरस्कारको घोषणा गरिएको छ भने समूह इभेन्टमा स्वर्ण जित्ने खेलाडीहरुलाई प्रतिव्यक्ति पाँच पाँच लाख रुपियाँका दरले पुरस्कार दिने घोषणा गरिएको छ । त्यसबाहेक प्रशिक्षकहरुलाई पनि पाँच लाख रुपियाँका दरले रकम दिइने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । सबै खेलाडीरप्रशिक्षकलाई गरेर १३ करोड रुपियाँको हाराहारीमा खर्च हुनेछ ।

यस पटक सागका बिजेतालाई अघिल्लो पटक भन्दा दोब्बर बढिको दरले रकम दिन लागिएको हो । अघिल्लो सागमा स्वर्ण विजेतालाई पाँच लाख, रजतलाई तीन लाख र कास्यलाई दुई लाख रुपियाँको दरले रकम दिएको थियो। यस बर्षको साग मंगलबार साँझ सम्पन्न भएको हो । नेपालले ५१ स्वर्णसहित कुल २०६ वटा पदक हात पार्न सफल भएको छ ।

Advertisement

Advertisement

Advertisement