लक्ष्मी बैंकले शुरु गर्यो एनिमेटेड भाइबर-स्टिकर प्याक

Advertisement

काठमाडौँ । लक्ष्मी बैंकले भाइबर च्याटमा कुराकानीलाई अझ बढी रोमाञ्चक बनाउने उद्देश्यका साथ मंसिर २३ गतेदेखि भाइबरमा १६ प्रकारको स्टिकर रहेकोे स्टिकर सेटको शुभारम्भ गरेको छ । यसबाट भाइबरमा यसभन्दा अघि नभएको ‘नेपाली एनिमेटेड प्याक’ पहिलो पटक शुरु गरेको बैंक दाबी गरेको छ ।

भाइबरमा स्टिकरहरु एक रमाइलो एवम् रंगीन अभिव्यक्तिको माध्यम हुन् र लक्ष्मी बैंकको “ग्रिटिङ्स फ्रर्म लक्ष्मी” प्याकले पनि त्यसलाई सघाउने जनाइएको छ । भाइबर च्याटमा मौद्रिक भाषामा समयानुकुल कुराकानी गर्न, धन्यवाद व्यक्त गर्न तथा अन्य सन्देशहरु आदानप्रदान गर्न अब लक्ष्मी बैंकको रचनात्मक भाइबर स्टिकरहरु प्रयोग गर्न सकिनेछ ।

ग्राहकहरुमाझ उत्कृष्ट उत्पादनहरु, विशिष्ट सेवाहरु र उपयोगी टिप्सको माध्यमबाट व्यक्ति, परिवार, साना व्यवसायीहरु तथा ठूला कर्पोरेटहरुको दैनिकिमा महत्वपूर्ण योगदान पुर्याउन प्रतिबद्घ रहेको र भाइबर स्टिकर त्यही उद्देश्यबाट प्रेरित रहेको बैंकले जनाएको छ ।
लक्ष्मी बैंककी रणनीति तथा बजार विभाग प्रमुख भारती पाण्डेले यो स्टिकर प्याक भाइबरमा लक्ष्मी बैंकको बैंकिङ्ग बटको पुरकको रुपमा प्रस्तुत गर्न पाएकोमा निकै उत्साहित भएको बताइन् ।

Advertisement

Advertisement

Advertisement