पोखरा फाइनान्सको साधारण सभा पुस १८ गते, १४ प्रतिशत लाभांश पारित हुने

Advertisement

काठमाडौँ । न्यूरोड पोखरामा केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडको तेइसौँ वार्षिक साधारण पुस १८ गते हुने भएको छ ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले बिहान ९ बजे दरबारथोक बैंक्वेट पोखरामा साधारण सभा गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम साधारण सभाले ७.२० प्रतिशत नगद लाभांस र ७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

उक्त फाइनान्स र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने/गाभिने(मर्जर) र प्राप्ति गर्ने(एक्वीजिशन) गर्ने कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत साधारण सभाले पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि पुस ४ गतेदेखि पुस २८ गतेसम्म संस्थाको शेयर दाखिला खारेज बन्द(बुक क्लोज) गर्ने निर्णय समेत सञ्चालक समितिको बैठकले गरेको छ ।

Advertisement

Advertisement

Advertisement