मञ्जुश्री फाइनान्सद्वारा लाभांश घोषणा, ९.८० प्रतिशत नगद र १.७५ प्रतिशत बोनस शेयर

Advertisement

काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले शेयरधनीहरुलाई ११.५५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले आव २०७५/७६ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ९.८० प्रतिशत नगद लाभांश र १.७५ प्रतिशत बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको हो ।

संस्थाको हाल कायम चुक्ता पूँजी ८० करोड ४० लाख ६० हजार २ सय १० रुपैयाँ रहेको छ । सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनी सचिव तथा नायब प्रमुख कार्यकारी अधिकृत नारायण सुवेदीले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement