सामसुङको फोल्डेबल स्मार्टफोनसहित ग्यालेक्सी एस–११ फेब्रुअरी १८ मा लञ्च हुने

Advertisement

काठमाडौं । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले छिट्टै नै फोल्डेबल स्मार्टफोन ल्याउँदैछ । सामसुङको उक्त पहिलो फोल्डेबल स्क्रिन भएको स्मार्टफोनको नाम ग्यालेक्सी एफ हुने बताइएको छ ।

समाचारअनुसार सामसुङले आगामी फेब्रुअरी १८, २०२० मा आफ्नो दोस्रो फोल्डेबल स्मार्टफोन लञ्च गर्ने तयारी गरेको छ । सोही दिनमा सामसुङले आफ्नो फ्लागसीप डिभाइस ग्यालेक्सी एस–११ पनि लञ्च गर्ने विश्वास गरिएको छ ।

दक्षिण कोरियाली कम्पनी सामसुङले बर्सेनि आफ्नो फ्लागसीप एस सिरिजका नयाँ संस्करण मोबाइल वर्ल्ड कंग्रेस ट्रेड शोका क्रममा सार्वजनिक गर्ने गरेको छ । सन् २०२० को मोबाइल वर्ल्ड कंग्रेस २०२० आगामी फेब्रुअरी २४ देखि २७ सम्म हुनेछ । त्यस अगावै सामसुङले फोल्डेबल स्मार्टफोन घोषणा गर्ने र मोबाइल वर्ल्ड कंग्रेसमा सार्वजनिक गर्ने बताइएको छ । सोही दिनमा सामसुङले आफ्नो फ्लागसीप डिभाइस ग्यालेक्सी एस–११ पनि लञ्च गर्ने विश्वास गरिएको छ ।

दक्षिण कोरियाली कम्पनी सामसुङले बर्सेनि आफ्नो फ्लागसीप एस सिरिजका नयाँ संस्करण मोबाइल वर्ल्ड कंग्रेस ट्रेड शोका क्रममा सार्वजनिक गर्ने गरेको छ । सन् २०२० को मोबाइल वर्ल्ड कंग्रेस २०२० आगामी फेब्रुअरी २४ देखि २७ सम्म हुनेछ । त्यस अगावै सामसुङले फोल्डेबल स्मार्टफोन घोषणा गर्ने र मोबाइल वर्ल्ड कंग्रेसमा सार्वजनिक गर्ने बताइएको छ ।

कम्पनीले गत फेब्रुअरी २० मा सामसुङले आफ्नो ग्यालेक्सी एस १० स्मार्टफोन लञ्च गरेको थियो भने त्यसलाई मोबाइल वर्ल्ड कंग्रेसमा प्रस्तुत गरेको थियो । ग्यालेक्सी एस १० सिरिजसँगै कम्पनीले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ग्यालेक्सी फोल्ड पनि घोषणा गरेको थियो ।

सोही परम्परा पछ्याउँदै आगामी एस ११ सिरिजसँगै सामसुङले आफ्नो दोस्रो फोल्डेबल स्मार्टफोन लञ्च गर्ने अनुमान गरिएको छ । रिपोर्ट अनुसार सामसुङको फोल्डेबल स्मार्टफोनमा ७.३ इन्चको स्क्रिन हुनेछ । यसलाई फोल्ड गरेर एउटा सानो ट्याबलेटमा बदल्न सकिनेछ । स्क्रिनको एस्पेक्ट रेसियो ४ः२ः३ तथा रिजोलुसन १५३६ गुणा २१५२ पिक्सेल हुनेछ । यसमा ८ जिबी र्याम तथा १२८ जिबी स्टोरेज हुनेछ ।

यो फोनमा एक्जीनोस ९८२० वा क्वालकोम ८५५ प्रोसेसर रहने बताइएको छ । उक्त स्मार्टफोनको मूल्य १८ सय अमेरिकी डलर हुनेछ । हालैको एक समाचार अनुसार ग्यालेक्सी एस ११ सिरिजमा १०८ मेगा पिक्सेलको क्यामरा हुनेछ । उत्कृष्ट फोटोग्राफीका लागि यसमा ब्राइट नाइट सेन्सर हुनेछ जसले कम प्रकाशमा समेत उत्कृष्ट तस्वीर तथा भिडियो खिच्न सहयोग गर्नेछ । त्यसका अलावा ५ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्रीसमेत हुनेछ ।

Advertisement

Advertisement

Advertisement