शाहिद कपूरले पाएनन् सर्वश्रेष्ठ अभिनेताको अवार्ड, नपाएपछि बिचमै शो छोडेर बाहिरिए

Advertisement

काठमाडौं । बलीवुड अभिनेता शाहिद कपूरले आफ्नो सो प्रस्तुत गर्ने अन्तिम समयमा निराश हुँदै शो छोडेर हिँडेका छन् । उक्त आयोजित अवार्ड शो कार्यक्रममा अभिनेता कपुरले सर्वश्रेष्ठ अभिनेताको अवार्ड नपाउने पक्का भएपछि उनी शो छोडेर बाहिरिएका हुन् ।

फिल्म कबिर सिंहबाट पछिल्ले समय बलिउड अभिनेता साहिद कपुर निकै चर्चामा छन् । उनको यस फिल्मले बलिउडमा धमाका मच्चाएपछी उनको चर्चा निकै बढेको छ । यस फिल्मले साहिदको करियरमै नौलो रेकर्ड राख्न सफल भयो ।

यस बर्षकै उत्कृष्ट फिल्म पनि कबिर सिंह नै बन्यो । अभिनेता साहिदको यस फिल्म हिट भएपछी उनलाई फिल्मको अफरहरु आइरहेको छ । अब उनले दक्षिण भारतीय फिल्म जर्सीको रिमेकमा काम गर्दैछन् ।

यसैक्रममा हालै एक अवार्ड कार्यक्रममा साहिद कपुर ले आफ्नो प्रस्तुती दिने शुरमा थिए । तर उक्त अवार्डमा अभिनेताको उपाधि रणवीर सिंहले जित्ने भएपछी उनी शोमा प्रस्तुती दिन गएनन् । अवार्ड शोमा अभिनेता रनवीरले गली ब्वाई फिल्मबाट उत्कृष्ट अभिनेताको उपाधि जिते । यो उपाधि खासमा साहिदले जित्ने अपेक्षा गरेका थिए तर रणबिरले उक्त अवर्ड जित्ने पक्का भएपछी उनी निराश भए । उनी उनी शो छोडेर बाहिरिए ।

Advertisement

Advertisement

Advertisement