एमजीको नयाँ विद्युतीय एक्सयूभी नेपालमा, एक पटक चार्ज गरेपछि ४२८ किलोमिटर गुड्ने

Advertisement

काठमाडौं । नेपालको लागि एमजी गाडिको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स प्रालीले नयाँ विद्युतीय गाडि सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो नक्सालस्थित शोरुममा एमजीको एक्सयूभी एमजी जेडएस सार्वजनिक गरिएको हो ।

कार्यक्रममा एमजी जेडएसका केही नयाँ ग्राहकहरुलाई चावी पनि हस्तान्तरण गरिएको थियो । उच्च ग्राउण्ड क्लियरेन्स भएको यो गाडीको मूल्य ५० लाख रुपियाँ रहेको छ । कम्पनीले अहिलेसम्म १५० भन्दा बढि बुकिङ भइसकेको पनि दावी गरेको छ । गत जुलाई प्रिबुकिङ खुल्ला गरिएकोले अहिलेसम्म धेरैले यो गाडि बुकिङ गरेको जनाउँदै यो हप्ता मात्रै ४० जनालाई चावी हस्तान्तरण गरिसकेको जनाएको छ ।

विद्युतीय एक्सयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एनएम अधिकतम् टर्क दिने र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने जनाइएको छ । यसलाई एक पटक चार्ज गरिसकेपछि ४२८ किलोमिटरसम्मको माइलेज दिने पारामाउन्ट मोटर्सको भनाई छ ।

यसमा भएको ब्याट्रीको लाइफ आठ बर्ष अर्थात एक लाख ५० हजार किलोमिटर वारेन्टी पनि रहेको छ । कम्पनीका महाप्रवन्धक सचिन अर्यालले नेपालको भूबनोटअनुसारको उच्च ग्राउण्ड क्लियरेन्स रहेको यो गाडि नेपालको विद्युतीय गाडिको बजारमा बेन्चमार्क बन्ने दावी गरे ।

एमजी मोरिस ग्यारेज ९६ बर्ष पूरानो ९६ बर्ष पूरानो ब्रिटिस गाडिको ब्राण्ड हो । यसका उत्पादनहरु विश्वका ६० मुलुकमा बिक्री हुँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement