महालक्ष्मी विकास बैंकद्वारा पानी ट्याङकी वितरण

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकको निजगढ र बानेश्वर शाखाले शनिबार पानी ट्याङकी वितरण गरेका छन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

निजगढ शाखाले निजगढ वडा नं १० (लाल) स्थित पल्युल साम्तेन्लिङ गुम्बालाई गुम्बामा अध्ययनरत विद्यार्थीहरु साथै आगन्तुकहरुलाई खानेपानीको सहज उपलब्धता होस् भन्ने हेतुले गुम्बा परिसरमा एक कार्यक्रमको आयोजना गरी गुम्वा व्यवस्थापन समितिका अध्यक्ष्य भिम बहादुर भोलनलाई उक्त पानी ट्याङकी हस्तान्तरण गरेको हो ।

बानेश्वर शाखाले बानेश्वर स्थित कुशेश्वर महादेव मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी उपलब्ध गराउने उद्देश्यले कुशेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका महासचिव सुदर्शन कोइरालालाई उक्त पानी ट्याङकी हस्तान्तरण गरेको हो ।

Advertisement

Advertisement

Advertisement