नेपालको इतिहासमा पहिलो पटक यो सरकारले भारतलाई ‘कुटनीतिक नोट’ पठायोः बास्कोटा

Advertisement

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपालको इतिहासमा पहिलो पटक यो सरकारले भारतलाई सीमा विवादबारेमा कुटनीति नोट पठाएको भन्दै गर्व गरेका छन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार उनले सीमा विवादबारे यस्तो पत्र पठाएको जानकारी दिएका हुन् ।

उनले भने, ‘यसलाई नेपालको फस्ट स्टेप मान्नुपर्छ, भारतीय पक्षलाई सत्यका आधारमा तथ्य प्रमाणित गर्न दिनुपर्छ ।’ मन्त्री बास्कोटाले भारतमा विशेष दूत पठाउने कुरा हल्ला मात्र भएको बताए । उनले भने, ‘विशेष दूतको बारेमा मैले पनि मिडियाबाटै थाहा पाएँ, सरकारले भोलि पठाउन सक्ला तर अहिले यसबारेमा कुरा भएको छैन, यो कुरा मिडियाबाटै बाहिर आयो र मिडियाबाटै सकियो।’

बास्कोटाले सीमा विावाद समाधानको विषयमा नेपाल आफूले सकेसम्म कोसिस गरिरहेको बताउँदै भारतर्फ विवादित क्षेत्रको पहिचानको काम सुरु भइसकेको र चीनतर्फ समय अनुकुल भएपछि गरिने बताए ।

Advertisement

Advertisement

Advertisement