पौडेल समूहको बहिस्कारका बीच देउवाले बसाए केन्द्रीय समिति बैठक, बाहिर नाराबाजी

Advertisement

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विरोधका बीच काँग्रेस सभापति शेरबहादुर देउवाले बलजफती केन्द्य्रीय समितिको बैठक बसालेका छन् । बैठकका एजण्डाप्रति असन्तुष्टि जनाउँदै पौडेल समूहका नेताहरु रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्ण सिटौलाले बैठक बहिस्कार गरे पनि देउवाको अडानका कारण बैठक बसेको हो ।

बैठक हुने दिन बिहीबार सो पार्टीको केन्द्रीय कार्यालय सानेपामा काँग्रेसका कार्यकर्ताहरुले नाराबाजी गरेका थिए । नाराबाजी र बहिस्कारका बीच देउवा पक्षधरहरुको सुरु भएको बैठकमा विभागहरु गठनसम्वन्धी प्रस्ताव पेश गरिएको थियो । देउवाले बैठक सुरु गर्न निर्देशन दिएपछि अपरान्ह साढे ४ बजे बैठक सुरु बैठकमा सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्‍त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्मालगायत सहभागी छन्।

पार्टी कार्यालयको मूल सभाकक्षमा देउवा पक्षको बैठक बसेको छ भने पौडेलको कार्यकक्षमा अर्को बैठक बसिरहेको छ । पौडेल पक्षले बहुमतको आडमा पेलेर जान खोजेको भन्दै देउवा पक्षको बैठकमा सहभागी नभएको जनाएको छ । दिउसो १ बजे बस्ने भनिएको बैठक विवादकै कारण बस्न नसकी गुटगत बैठकमा सीमित भएको हो ।

देउवाले हाल कायम रहेका २८ विभागको संख्या बढाएर ४५ पुर्याउने तयारी गरेपछि पौडेल पक्षले विरोध जनाएको हो । महाधिवेशन गर्ने विषयमा पनि उनीहरुबीच विवाद रहेको छ । देउवा अहिलेको कार्यकाल लम्ब्याउने दाउमा छन् भने पौडेल पक्षले चाँडै महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएको छ ।

केन्द्रीय समिति बैठकमा उपनिर्वाचनको समीक्षा, तेस्रो चरणको राष्ट्रिय जागरण अभियान, सकारको भूमिका, पार्टीका अन्तरिम संरचना गठनलागतयका विषय पनि छन् । त्यस्तै, भ्रातृ र शुभेच्छुक संस्थाहरुभित्रको विवादको विषय पनि एजेण्डामा रहेको छ ।

Advertisement

Advertisement

Advertisement