राष्ट्र संघ सुरक्षा परिषदको अस्थायी सदस्यका लागि नेपालको उम्मेदवारी

Advertisement

काठमाडौं । नेपालले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको अस्थायी सदस्यका लागि उम्मेदवारी दिने निर्णय गरेको छ । सरकारले सन २०३७।३८ सालका लागि अस्थायी सदस्यताका लागि उम्मेदवारी दिने निर्णय गरेको हो ।

राष्ट्र संघ सुरक्षा परिषदमा ५ वटा स्थायी सदस्य छन् भने १० वटा अस्थायी सदस्य रहने व्यवस्था रहेको छ । विश्वलाई पाँच वटा क्षेत्रमा विभाजन गरेर हरेक क्षेत्रबाट प्रत्येक पाँच पाँच वर्षमा एक एक सदस्य निर्वाचिन गर्ने व्यवस्था रहँदै आएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार अस्थायी सदस्यहरुको कार्यकाल २।२ वर्षको हुनेछ ।

हरेक २।२ वर्षमा ५।५ वटा सदस्यहरुको निर्वाचत गर्ने व्यवस्था रहेको छ । १९३ देशहरुको मतदानबाट अस्थायी सदस्यहरु निर्वाचित हुनेछ । नेपालले आफ्नो प्रतिष्ठा र प्राथमिकताको विषय बनाएर अहिलेबाटै निर्वाचनको तयारीमा जुट्ने पनि पौड्यालले बताए । नेपालले एसिया प्रशान्त क्षेत्रबाट उम्मेदवारी दिएको हो । हाल यो क्षेत्रबाट भारतले अस्थायी सदस्यको जिम्मेवारी सम्हालिरहेको छ ।

Advertisement

Advertisement

Advertisement