एनसेलको ‘रिचार्जमा चमत्कार’का दुई विजेता पुरस्कृत

Advertisement

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत सिराहाका आशिष राउत र धादिङ्की नानी मैयाँ थापालाई जनही दुई लाख रुपियाँ नगद पुरस्कार हस्तान्तरण गरेको छ । राउत तेस्रो हप्ताको विजयी ग्राहकहरुमध्येका एक हुन भने थापा दोस्रो हप्ताको पाँच विजयीहरु ग्राहकहरुमध्येका एक हुन् ।

आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर गत मंसिर १ देखि संचालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता दुई लाख रुपियाँ नगद र प्रत्येक महिना रु १० लाख रुपियाँ नगद जित्ने मौका पाउँछन् ।

राउत र थापालाई बिहीबार एक कार्यक्रम माझ एनसेल सेन्टर कुमारीपाटीबाट नगद पुरस्कार हस्तान्तरण गरिएको कम्पनीले आफ्नो विज्ञप्तिमा जनाएको छ । दोस्रो हप्ताका पाँच जना विजयीमध्ये एक जना यस योजनाको शर्तबमोजिम नगद पुरस्कारका लागि अयोग्य ठहरिएको एनसेलको भनाई छ । उनको स्थानमा सोमबार प्रत्यक्ष प्रसारण कार्यक्रममार्फत प्रक्रिया पुर्याई थापा नयाँ विजयी ग्राहकका रुपमा छानिइकी हुन् ।

तेस्रो हप्तामा छानिएका पाँच विजेता ग्राहकहरुमध्ये एक यस योजनाको शर्तबमोजिम नगद पुरस्कारका लागि अयोग्य ठहरिएका छन् । त्यसैगरी तीन जना प्रमाणिकरण प्रक्रियामा रहेका छन् । अयोग्य ठहरिएका ग्राहकको हकमा तेस्रो हप्तामा वितरण भएका कोडका आधारमा अर्को हप्ता एक नयाँ भाग्यशाली ग्राहक छनोट गरिनेछ ।

यस योजनाअन्तर्गत पहिलो र दोस्रो हप्तामा विजयी भई प्रमाणिकरण भएका ग्राहकलाई एनसेलले काठमाडौं वा काठमाडौं बाहिर ग्राहकलाई सजिलो पर्ने स्थानबाट पुरस्कार हस्तान्तरण गर्नेछ । दोस्रो हप्ताका विजयी मध्येका दुई र पहिलो हप्ताका भाग्यशाली पाँच ग्राहकमध्येका एक विजयीलाई चाँडै नगद पुरस्कार हस्तान्तरण गरिने छ ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा सय रुपियाँ वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ ।

ग्राहकहरुले सय रुपियाँ वा त्यो भन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक सय रुपियाँ बराबरको एक विशेष कोड एसएमएसमार्फत प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले ३५० रुपियाँ रिचार्ज गर्दछ भने उसले तीन विशेष कोड नम्बरहरु प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले पाँच सय रुीपयाँ रिचार्ज गरेमा पाँच वटा विषेश कोडहरु प्राप्त हुनेछन् ।

यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ । यस योजना प्रत्येक हप्ता सोमबार एनसेलको फेसबुक पेजमार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ ।

Advertisement

Advertisement

Advertisement