सर्लाहीको बरहथवामा प्रभु बैंकको २००औँ शाखा बिस्तार

Advertisement

काठमाडौँ । प्रभु बैंक लिमिटेडले सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा नं. ७ मा २०० औं शाखा बिस्तार गरी सञ्चालनमा ल्याएको छ । बैंकको बरहथवा शाखा कार्यालयको उद्घाटन शुक्रबार बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले गरेका हुन् ।

उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको बरहथवा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवम् अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement