अक्षय कुमारले ट्विंकल खन्नालाई दिए प्याजको गहना उपहार

Advertisement

काठमाडौं । बलिउडका चर्चित अभिनेता अक्षय कुमारले ट्वींकल खन्नालाई प्याजको गहना 'एयररिङ' उपहार दिएका छन् । अभिनेता अक्षयले प्याजको आकाशिएको भाउलाई लक्षित गरेर उक्त एयररिङ गिफ्ट स्वरुप ट्वींकल खन्नालाई दिएका हुन् ।

हालै प्याजको बढ्दो मूल्यलाई लक्षित गरेर विभिन्न विषयमा जोड्न थालेको यो पहिलो घटना भने होइन । कहिले प्याजको फूली, प्याजलाई सुनको भाउसँगै दाँज्ने, कहिले बिवाहमा गर्दो नै प्याज दिनेलगायतका विषयमा चर्चा भइरहेको छ ।

बलिउडका अभिनेता अक्षय कुमारले प्याजको एयररिङ ‘गिफ्ट’ दिएपछि ट्विंकल खन्ना निकै खुशी भएकी छन् । उनले एक क्याप्सनसहितको तस्वीर सेयर गर्दै इन्स्टामार्फत खुशी व्यक्त गरेकी छिन् ।

Advertisement

Advertisement

Advertisement